मोटो भएकाले देश निकाला !
वेलिङ्टन/ दक्षिण अफ्रिकाका एक व्यक्तिलाई न्युजिल्यान्डका अध्यागमन
विभागका अधिकारीले मोटो भएकाले देश छोड्न सूचना दिएका छन् । एक सय ३०
किलोका अल्बर्ट बिटेनहुन्जलाई अध्यागमनका अधिकारीले जतिसक्दो छिटो
न्युजिल्यान्ड छोड्न आग्रह गरेका हुन् । आफ्नो देशको स्वास्थ्य मानक पूरा
नभएको भन्दै उनीहरूले अल्बर्टको भिसा रद्द गर्दै उनलाई जतिसक्दो छिटो देश
छोड्ने सूचना जारी गरेका छन् ।
विभिन्न आँकडाका अनुसार विश्वका विकसित देशमा सबैभन्दा धेरै मोटा मानिस
न्युजिल्यान्डमा बसोबास गर्छन् । अल्बर्ट सन् २००७ देखि न्युजिल्यान्डको
आकर चर्चमा बस्दै आएका छन् । उक्त समयमा उनको तौल एक सय ६० किलो थियो ।
उनकी पत्नीका अनुसार उनीहरूको भिसा वर्षेनी थपिँदै आएको थियो र आजसम्म
कुनै समस्या थिएन ।
अघिल्ला वर्षमा अझ तौल बढी हुँदा पनि कुनै समस्या नभएको तर यो वर्ष अचानक अधिकारीहरूको त्यस्तो नियम सुनेर आफूहरू चकित भएकाले अल्बर्टदम्पतीले सहयोगका लागि अपिल गरेका छन् । अल्बर्टकी पत्नीले बिस्तारै तौल घटाएकाले सो निणर्यलाई फिर्ता लिन आग्रह गरेकी छिन् ।
अघिल्ला वर्षमा अझ तौल बढी हुँदा पनि कुनै समस्या नभएको तर यो वर्ष अचानक अधिकारीहरूको त्यस्तो नियम सुनेर आफूहरू चकित भएकाले अल्बर्टदम्पतीले सहयोगका लागि अपिल गरेका छन् । अल्बर्टकी पत्नीले बिस्तारै तौल घटाएकाले सो निणर्यलाई फिर्ता लिन आग्रह गरेकी छिन् ।
उता इमिग्रेसनका कर्मचारीले अल्बर्टलाई मोटोपनका कारण विभिन्न रोग
लाग्न सक्ने खतरा भएकाले उनको भिसा रद्द गरिएको बताएका छन् । उनीहरूले
अल्बर्टलाई हृदयाघात, मधुमेह, उच्च रक्तचापका रोग लाग्न सक्ने खतरा रहेको
बताएका छन् । यदि त्यस्ता रोग लागे न्युजिल्यान्डको स्वास्थ्यस्थिति
बिग्रिने भएकाले अल्बर्टलाई भिसा थप्न नसकिने अधिकारीले बताएका छन् ।
साथै, न्युजिल्यान्डको अध्यागमन विभागले अन्य देशबाट न्युजिल्यान्ड जान
चाहनेलाई आफ्नो शरीरको ख्याल गरेर मात्र न्युजिल्यान्ड प्रवेश गर्न अनुरोध
गरेको छ । अध्यागमनले निकालेको एक विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा
हुनसक्ने बोझ घटाउन सबैलाई आफ्नो तौलको ख्याल गर्न आग्रह गरिएको जनाइएको छ
। न्युजिल्यान्डमा ३० प्रतिशतभन्दा धेरै मानिस मोटोपनको सिकार भएको
सरकारी तथ्यांकले देखाएको छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.