पछिल्ला सामग्री :
‘बालअधिकारका विषयमा सरकार गम्भीर छैन’

काठमाडौं/ बालअधिकारका विषयमा छलफल तथा बहस धेरै भएपनि वास्वतिक बालअधिकारका मुद्दामा कुनै प्रगति नभएको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । पछिल्लो समययमा बालअधिकारका विषयमा उल्लेख्य समाचार प्रकाशन तथा प्रशारित हुनुलाई भने सकारात्मक रुपले हेरिनुपर्ने उनीहरुको भनाइ छ ।
बालबालिकप्रति गरिएको लगानीको प्रतिफल प्राप्त हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता गौरी प्रधानले बताए । बालअधिकारलाई स्थापित गर्न सरकार, सञ्चार माध्यम तथा विभिन्न संघसंस्थाहरुबीच सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
बालधिकारको विषय धेरै संवेदनशिल भएको बताउदै प्रवक्ता प्रधानले सञ्चार माध्यमले विशेष सतर्कताका साथ समाचार संप्रेषण गर्नुपर्ने बताए । आज काठमाडौंमा केन्द्रीय बालकल्याण समितिको आयोजना तथा बालसरोकार पत्रकार सञ्जालको संयोजनमा भएको कार्यक्रममा बालकालिका तथा समाजकल्याण मन्त्रालयका प्रवक्ता उपेन्द्रप्रसाद अधिकारीले सरकारले नै बालबालिकाको क्षेत्रमा काम गर्न असफल भएको बताए । बालअधिकारको विषय संवेदनशिल रहेको भन्दै उनले त्यस्ता विषयमा सरकार पनि गम्भीर रहेको बताए ।
कार्यक्रममा उपप्रध्यायपक कुन्दन अर्यालले नेपाली सञ्चारमाध्यममा बालबालिका सम्बन्धी प्रकाशित तथा प्रसारित हुने विषय बालबालिकालाई पीडा दिने खालका भएको टिप्पणी गरे । त्यस्ता विषयमा पत्रकार तथा सञ्चारमाध्यम संवेदनशिल हुनु पर्ने भन्दै अर्यालले पीडितलाई थप पीडा दिने विषय संप्रेसन गर्न नहुने बताए ।

त्यस्तै नागरिक दैनिकका सम्पादक प्रतीक प्रधानले बालअधिकार सम्बन्धी समाचारले कम स्थान पाएको बताए । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराज गिरीले सरकार बालअधिकारका विषयमा गम्भीर नभएको आरोप लगाए । “बालबालिक भविष्यका कर्णधार हुन” गिरीले भने “त्यस विषयमा सरकार जिम्मेवार तथा गम्भीर भएको पाइएन ।”
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.