पछिल्ला सामग्री :
काठमाडौंमा चन्द्रमाको ढुंगा

काठमाडौं/ काठमाडौंको राष्ट्रिय सभागृहमा चन्द्रमाको ढुंगा प्रदर्शनीमा राखिने भएको छ । सुनसरीको एभरेस्ट साइन्स सेन्टरको सक्रियतामा अमेरिकाको नासाबाट नेपाल ल्याइएको चन्द्रमाको ढुंगा १३ भदौदेखि ११ असोजसम्म प्रदर्शनीमा राखिने जनाइएको छ ।

तीन अर्ब ७५ वर्ष पुरानो भएको विश्वास गरिएको ढुंगालाई ५ अगस्टदेखि २५ अगस्टसम्म सुनसरीको सीतागन्ज शान्तिवनमा प्रदर्शनीमा राखिएको थियो ।  ढुंगा काठमाडौंमा प्रदर्शन गर्न लागिएको एभरेस्ट साइन्स सेन्टरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

शान्ति वनदेखि चन्द्रमासम्म भन्ने नाम दिएर सुरु गरिएको प्रदर्शनी सकिएपछि सो ढुंगा नासामै फिर्ता पठाइनेछ । सन् १९७० मा एपोलो–१७ ले चन्द्रमाबाट ल्याएको सो ढुंगा एक सय २० ग्रामको रहेको एभरेस्ट साइन्स सेन्टरले जनाएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.