पछिल्ला सामग्री :
शेर्पा स्वायत्त प्रदेशको माग

काठमाडौं/ माओवादी घोषणापत्रमा शेर्पा स्वायत्त प्रदेश उल्लेख गर्नुपर्ने माग गर्दै नेपाल शेर्पा संघ र शेर्पा राष्ट्रिय मुक्ति मोर्चाले मंगलबार माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रचण्डनिवासमा गएर बुझाइएको ज्ञापनपत्रमा शेर्पा स्वायत्त प्रदेश, शेर्पा राज्य कमिटी निर्माण र दोस्रो संविधानसभाको चुनावमा शेर्पालाई समानुपातिक र प्रत्यक्ष दुवैमा स्थान दिनुपर्ने र हिमाली राजमार्ग निर्माण हुनुपर्नेलगायत माग छन् । संघ र मोर्चाले संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिक गरी आफ्नो समुदायबाट सातजनालाई सभासद् बनाउन माग गरेका छन् ।

प्रचण्डले ज्ञापनपत्र बुझ्दै शेर्पा समुदायका माग पूरा गर्न आफूले पहल गर्ने बताएको नेपाल शेर्पा संघका अध्यक्ष पेम्बाछिरिङ शेर्पाले बताए । ज्ञापनपत्रमा प्रत्यक्षतर्फ काठमाडौं–३ बाट पेम्बाछिरिङ शेर्पा, ताप्लेजुङ–२ बाट वाङ्दी शेर्पा र सोलुबाट कज्र्याङ शेर्पालाई टिकट दिइनुपर्ने माग गरिएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.