पछिल्ला सामग्री :
सुन ३४ सयले बढ्यो

काठमाडौ/ अमेरिकी डलरको भाउ वृद्धिसँगै सुनको मूल्यमा पनि आज ह्वात्तै बृद्धि भएको छ । आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले वृद्धि भई ६३ हजार ३ सय पुगेको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रु ६३ हजार ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । आजको वृद्धिदर अहिलेसम्मकै सबै भन्दा उच्च र सुनको मूल्य पनि उच्च नै हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २८ डलर बढेर १४२६ डलर पुगेको छ । चाँदीको मूल्य पनि आज रु ६५ ले बढेर रु ११ सय १५ पुगेको बताइएको छ । रासस
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.