अधिकारी दम्पती आइसियुमा
काठमाडौ/ आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही गरिनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका आमा गङ्गामाया अधिकारी र बाबु नन्दप्रसाद अधिकारीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि एक हप्तादेखि आइसियुमा राखिएको छ ।
विगत २८ दिनदेखि वीर अस्पतालमा अनशन बस्दै आएका अधिकारी दम्पतीको स्वास्थ्यस्थिति गम्भीर हुँदै गएपछि एक हप्ताअघि आइसीयुमा राखिएको आकस्मिक सेवा विभागका प्रमुख डा न्हुच्छेँमान डङ्गोलले जानकारी दिए ।
अधिकारी दम्पतीको स्वास्थ्यस्थितिबारे बुझ्नका लागि आजै नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा(एमाले) का अध्यक्ष झलनाथ खनाल वीर अस्पतालमा पुगेका थिए ।
नेताहरुले अनशन तोड्नका लागि आग्रह गर्दै अधिकारी दम्पतीलाई न्याय दिलाउन आफूहरुले विशेष पहल गर्ने समेत विश्वास दिलाए । अधिकारी दम्पतीले भने न्याय नपाएसम्म बरु आफ्नो प्राण त्याग्ने तर अनशन भने नतोड्ने दोहोर्याए । रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.