न्याय परिषदद्वारा निर्वाचन अधिकृत सिफारिस
काठमाडौ/ निर्वाचन आयोगको कार्यतालिका अनुसार न्याय परिषद्ले आज
निर्वाचन अधिकृतहरुको नाम सिफारिस गरेको छ । आज बसेको न्याय परिषद्को
बैठकले जिल्लाका जिल्ला न्यायाधिशहरु १६१ जना र बाँकी ८९ जना कर्मचारी गरी
२ सय ५० जना निर्वाचन अधिकृतको नाम नियुत्तिका लागी सिफरिस गरेको हो।
२ सय ४० निर्वाचन क्षेत्रका लागि प्रत्येक क्षेत्रमा एक जना र १० जना
जगेडाका रुपमा न्याय परिषद्ले २ सय ५० जना अधिकृतको नाम नियुत्तिका लागी
सिफारिस गरेको हो। परिषद्ले आज सिफारिस गरेका अधिकृतहरुको आइतवारसम्म
नियुत्ति गरिसक्ने तयारी निर्वाचन आयोगले गरेको छ। निर्वाचन अधिकृतका रुपमा
१ सय ६१ जना बहालवाला जिल्ला न्यायधिशहरु र बाँकी कर्मचारीहरुलाई खटाउन
लागीएको छ।
निर्वाचन आयोगले असार ४ गते सार्वजनिक गरेको विस्तृत निर्वाचन कार्य तालिका अनुसार भदौ पहिलो सातादेखि बढीमा भदौ मसान्तसम्म निर्वाचन अधिकृतको नियुक्ति गरिसक्ने लक्ष्य राखेको छ । कार्यतालिका अनुसार आयोगले निर्वाचन अधिकृत नियुक्तिको काम अघि बढाएको हो ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको नियुक्तिपछि मतदान केन्द्र र मतदान स्थल तोक्ने काम हुनेछ । निर्वाचन अधिकृतमा खटिनेहरुसँग कुनै पार्टीको सदस्यता भए निर्वाचन आयोगले आजीवन कालोसूचीमा राख्ने तयारी गरेको छ ।
![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.