पछिल्ला सामग्री :
फेसबुकको कमेन्ट : राजनीतिक झडप, चार विद्यार्थी घाइते

लमजुङ/ फेसबुक स्टाटसमा गरेको कमेन्टले लमजुङ कृषि क्याम्पसमा प्रथम र तृतीय वर्षमा अध्ययनरत विद्यार्थीबीच झडप भएको छ । यो झडपले राजनीतिक रूप लिएको छ ।

बिएस्सीएजी प्रथम वर्षमा अध्ययनरत रामदत्त भट्ट र तेस्रो वर्षमा अध्ययनरत नरेश दाहालबीच फेसबुकमा भएको कमेन्टले राजनीतिक रूप लिँदा नेविसंघ र अनेरास्ववियुबीच भएको झडपमा भट्ट र दाहालसहित चार विद्यार्थी घाइते भएका छन् ।

क्याम्पसबाहिरकी एक युवतीका विषयमा नेविसंघमा आबद्ध भट्ट र अनेरास्ववियुमा आबद्ध दाहालबीच फेसबुकको कमेन्टमा झगडा भएको थियो । विद्यार्थीबीचको झडप बढ्न नदिन प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि झडप रोकिए पनि क्याम्पस हाताभित्रको वातावरण आतंकित भएको क्याम्पसप्रमुख लालप्रसाद अमगाईंले बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.