१–० ले भारत विजयी
काठमाडौं/ काठमाडौंमा जारी साफ च्याम्पियनशीपमा साविक बिजेता
भारतले बिजयी सुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको पाकिस्तान विरुद्धको खेलमा भारत १–० गोल अन्तरले बिजयी भयो । खेलको १४ औं मिनेटमा पाकिस्तानी कप्तान समर ईशाकले गरेको आत्मघाती गोल नै भारतका लागि उपयोगी भयो ।
दशरथ रंगशालामा भएको पाकिस्तान विरुद्धको खेलमा भारत १–० गोल अन्तरले बिजयी भयो । खेलको १४ औं मिनेटमा पाकिस्तानी कप्तान समर ईशाकले गरेको आत्मघाती गोल नै भारतका लागि उपयोगी भयो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै तर्फका खेलाडीहरुले केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् । ५ पटकको उपाधी बिजेता भारतले जितसंगै स्ष्ट ३ अंक बटुलेको छ । समूह ए मा भारत र नेपालको समान ३ अंक भए पनि नेपाल गोल अन्तरका आधारमा पहिलो स्थानमा छ ।
पराजित पाकिस्तानले आफ्नो दोस्रो खेलमा मंगलबार नेपालको सामना गर्नेछ भने भारतले बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत भोली अफगानीस्तान र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ ।
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.