पछिल्ला सामग्री :
प्रमुख दल उमेद्वारी तयारीमा व्यस्त

काठमाडौं/ आगामी संविधानसभा निर्वाचनका लागि प्रमुखदलहरू उमेद्वार घोषणमा व्यस्त हुन थालेका छन् । मंसिर ४ गतेका लागि तय भएको संविधानसभाको निर्वाचन जसरी पनि सम्पन्न गराउने भन्दै उनिहरू उमेद्वारी घोषणमा व्यस्त हुन थालेका हुन् ।

एकिकृत माओवादी र नेकपा एमाले लगाएतका अधिकाँश दलहरूले आन्तरिक तयारी गरिरहेका छन भने काँग्रेसले अधिकाँश निर्वाचन क्षेत्रबाट उमेदवारहरूको नामावली मगाईसकेको छ ।

काँग्रेसले यही २० गते भित्रमा नामावली पठाई सक्न समय दिएको छ । पार्टीले हरेक निर्वाचन क्षेत्रबाट तिन तिन जनाको नाम प्रस्ताव गर्न भनेपनि अधिकाँश निर्वाचन क्षेत्रमा आकाँक्षिहरू अत्याधिक भएपछि तिन भन्दा बढी उमेदवारहरूको नामावली आउने संभावना देखिएको छ ।

तोकिएको भन्दा बढी नामावली आएमा संसदिय वोर्डले निर्णय गरेर एक जनालाई उमेदवार घोषणा गर्नेछ । तर संसदिय वोर्ड भने अहिले सम्म गठन हुन सकेको छैन । संसदीय वोर्ड गठन गर्न केन्द्रिय समितिको बैठक पनि अहिले अनिश्चीत छ ।

सवै निर्वाचन क्षेत्रबाट नामावली आएपछि मात्रै संसदिय वोर्ड गठन गर्ने सभापति शुशिल कोईरालाले तयारी गर्नु भएको श्रोतले जनाएको छ। आज सम्ममा केही जिल्लाबाट मात्रै नामावली आएको र २० गते सम्ममा सवै निर्वाचन क्षेत्रबाट नामावली आउने काँग्रेस कार्यालयका सचिव प्रदिप पराजुलीले जानकारी दिनुभयो । कांग्रेसमा पुराना, त्यागी र युवा कार्यकर्ताहरूले उम्मेदवारीका लागी दौडधुप गरिरहेका छन् ।

यसैविच, नेपाल विद्यार्थी संघको पृष्ठभूमी भएका युवा नेताहरूलाई उम्मेदवार बनाउन नेविसंघले मातृपार्टी नेपाली कांग्रेसलाई आग्रह गरेको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ती जारी गर्दै नेविसंघका पूर्वअध्यक्ष, उपाध्यक्ष एवं महामन्त्रीहरूलाई प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार बनाउन आग्रह गर्नुभएको हो ।

यस्तै नेकपा एमालेले आजै इलामका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिश गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिश भएको छ । त्यस्तै विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ क्षेत्र नम्बर २ बाट उम्मेद्वार बन्ने पक्का भएको छ ।

क्षेत्रिय समितिबाट पाँच जनाको नाम सिफारिश गर्नु पर्ने भएपनि क्षेत्रीय भेलाले नेम्बाङलाई सर्वसम्मतरुपमा सिफारिश गरेको हो । तर, क्षेत्र नंम्बर ३ मा भने सहमति नजुटेपछि महेश वस्नेत, भक्त केसी, टेकवहादुर राई, कृष्ण श्रेष्ठ र पदम भण्डारीलाई सिफारिश गरिएको छ ।
nepalbani
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.