मोर्चा र समितिबीचको वार्ता भंग
काठमाडौं/ उच्चस्तरीय
राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीचको वार्ता प्रक्रिया
भंग भएको छ । शनिबार समिति कार्यालय नयाँ बानेश्वरमा भएको वार्तामा सहमति
नजुटेपछि मोर्चा आन्दोलनमै जाने भएको छ ।
बैठकपछि क्रान्तिकारी कम्यूनिष्ट पार्टी
नेपालका महासचिव मणी थापाले उच्चस्तरीय समितिले वार्तामा बस्न नसक्ने
जनाएपछि वार्ता निष्कर्षहिन बन्न पुगेको जानकारी दिए ।
‘यसअघिको गोलमेच गर्ने सहमति अनुसार
मोर्चाले गोलमेचमा छलफल गर्नुपर्ने विषय प्रस्तुत गर्यो,’ उनले भने, ‘तर
समितिले तपाइँहरुको माग सबै पुरा गर्न सकिँदैनन्, अब वार्तामा बस्नुको
औचित्य छैन भन्ने जवाफ आयो ।’
माओवादी सचिव देव गुरुङले गोलमेच
सम्मेलन गर्ने यसअघिको सहमतिबाट पाँच पक्षीय समिति पछि हटेको बताए । “सबै
पक्षको सहभागितामा गोलमेचबाट राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा चार दलले
जे भन्यो त्यही गर्ने निर्णय लागू हुनुपर्छ भन्ने अहङ्कार उहाँहरूमा
देखियो, यो इतिहासको गम्भीर भुल हो” उनले भने ।
वार्तामा आफ्नो मोर्चाले नयाँ राष्ट्रिय
सहमतिका लागि अधिकार सम्पन्न गोलमेच सम्मेलन गर्नुपर्ने, विघटित
संविधानसभामा रहेको दलहरू र आन्दोलनरत दलहरू गोलमेचसभामा सहभागी
गराउनुपर्ने, गोलमेचबाटै सरकार गठन, निर्वाचनको मिति, संविधानका
अन्तरवस्तु, संविधान लेखनका प्रक्रिया, शान्ति प्रक्रियाका बाँकी
कामलगायतका विषय टुङ्ग्याउनुपर्ने पाँचबुँदे प्रस्ताव पेस गरेको गुरुङले
जानकारी दिए ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.