चिना हराएको मान्छेको गोल्डेन कपी
काठमाडौं/ कलाकार हरिवंश आचार्यको बहुचर्चित आत्मकथा ‘चिना हराएको मान्छे’को
गोल्डेन कपी दशैंमा प्रकाशन हुने भएको छ । गत वैशाखमा सार्वजनिक भएको यो
आत्मकथा अहिलेसम्म ५० हजार प्रति बिक्रि भइसकेको छ । दशैंमा विदेशमा रहेका
नेपालीहरु स्वदेश फर्कने भएकाले उनीहरुलाई लक्षित गर्दै नयाँ संस्करण
निकाल्न थालेको लेखक आचार्यले देशान्तरलाई जानकारी दिए ।
‘गल्फलगायत अन्य देशमा रहनुभएका धेरै दाजुभाई तथा दिदीबहिनीहरु दशैंमा घर फर्कनुहुन्छ,’ आचार्यले भने, ‘विभिन्न माध्यमबाट उहाँहरुले यो किताब पढ्न धेरै इच्छा राख्नुभएको हामीले पाएका छौं । त्यसैले दशैंमा नयाँ संस्करण निकाल्न लागिएको हो ।’ उनले आफ्नो किताब यति धेरै संख्यामा बिक्रि हुनुमा ग्रामिण भेगमा रहेका महिला र विदेशमा रहेका नेपालीहरुको विशेष योगदान रहेको पनि बताएका छन् । फाइन प्रिन्टले प्रकाशन गरेको यो आत्मकथाको दशैं संस्करण नयाँ कभर र साजसज्जासहित बजारमा उपलब्ध हुनेछ । दशैं संस्करण दश हजारप्रति प्रकाशन गर्न लागिएको छ ।
प्रकाशन
भएको एक महिनामै ३० हजारप्रति बिक्री भएर नयाँ इतिहास राख्न सफल ‘चिना
हराएको मान्छे’मा आचार्यको बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका
समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, उनले गरेका समाजसेवा,
जीवनवृत्तिलगायत अरु धेरै विषयलाई समावेश गरिएको छ । खासगरी गैह्रसाहित्यिक
पाठकले यो कृति निकै रुचाएका छन् । पुस्तकले आचार्यलाई बरिष्ठ कलाकारसँगै
साहित्यिक सेलीब्रेटीको रुपमा पनि स्थापित गरेको छ ।
विदेशमा अत्याधिक माग बढेपछि विश्वकै सबैभन्दा ठूलो अनलाइन बुक स्टोर अमेजनमा पनि ‘चिना हराएको मान्छे’ राखिएको छ । अमेजनमा संग्रहीत गरिएको यो पहिलो नेपाली भाषाको पुस्तक हो । अमेजनमार्फत विश्वको जुनसुकै कुनामा रहेका नेपालीले पनि यो कृति पढ्न सक्छन् । यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिने छ ।
विदेशमा अत्याधिक माग बढेपछि विश्वकै सबैभन्दा ठूलो अनलाइन बुक स्टोर अमेजनमा पनि ‘चिना हराएको मान्छे’ राखिएको छ । अमेजनमा संग्रहीत गरिएको यो पहिलो नेपाली भाषाको पुस्तक हो । अमेजनमार्फत विश्वको जुनसुकै कुनामा रहेका नेपालीले पनि यो कृति पढ्न सक्छन् । यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिने छ ।
यो किताबको बिक्रीबाट आएको ९० प्रतिशत रकम आचार्यले स्वर्गीय पत्नी मीराको नाममा खोलिएको केयर सेन्टरलाई दिने घोषणा गरेका छन् ।- www.desantar.com
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.