पछिल्ला सामग्री :
बाबुरामका सल्लाहकार कांग्रेसमा प्रवेश (तस्वीरसहित)

काठमाडौं/ पूर्वअर्थसचिव रामेश्वर खनाल कांग्रेसमा प्रवेश गरेका छन् । सभापति सुशील कोइरालाले टीका लगाएर खनाललाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

नक्कली भ्याट बिल छानबिन प्रकरण र पूरक बजेट सम्बन्धमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद बढेपछि अर्थसचिवबाट खनालले राजीनामा दिएका थिए । कुनै पनि लाभको पद धारण नगर्ने घोषणा गरे पनि उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार बनेका थिए । तर, उनले कुनै सुविधा भने लिएका थिएनन् ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्दै खनालले बोलीअनुसारको व्यवहार भएकाले कांग्रेसमा प्रवेश गरेको बताए । ‘कांग्रेसले जे बोल्छ, त्यस्तै व्यवहार गर्दै आएको देखेपछि आकर्षित भएर कांग्रेसमा प्रवेश गरेको हुँ,’ कांग्रेसमा प्रवेश गरेपछि खनालले भने । अरू पार्टीमा जस्तो भनाइ र गराइको भेद कांग्रेसमा नरहेको उनको जिकिर थियो ।

एमालेका अधिकारी अर्थमन्त्री हुँदा उनले आफ्नो कार्यकाल बाँकी छँदै ०६७ असोजमा राजीनामा दिएका थिए ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.