पछिल्ला सामग्री :
बाबुराम भट्टराई फेरि पुरानै क्षेत्रबाट चुनाव लड्ने

काठमाडौ/ माओबादी गोरखा एकीकृत नेकपा माओबादी गोरखाले दोस्रो संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

विशेष स्रोतका अनुसार शनिबार बसेको एकीकृत नेकपा माओबादी गोरखाको बैठकले गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारको लागि क्रमशः हरि अधिकारी ‘कुमार’, लेखबहादुर थापा ‘जिवन्त’, यानप्रसाद भट्ट ‘सरोज’, हितमान सुर्खेती ‘नविन’ र भगवति तिवारीको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट क्रमशः पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ,, एकीकृत नेकपा माओबादी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डे ‘उत्तम’, चुडामणी खड्का ‘प्रकाश’, र कमला नहर्की ‘सपना’ को नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

भने क्षेत्र नम्बर ३ बाट माओबादी गोरखा जिल्ला इन्चार्ज कृष्ण धिताल ‘विजय’, अमर तमु, शुशिला सिंखडा, छमबहादुर गुरुङ र लोकप्रसाद बञ्जारालाई सिफारिस गरिएको स्रोतको भनाई छ ।

यसअघि केहि संचारमाध्यममा स्रोतको हवाला दिँदै पुर्व प्रधानमन्त्री भट्टराई पुरानो क्षेत्र छोडेर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने भन्दै आएको समाचारमा सत्यता नरहेको एक स्रोतले जनायो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.