चुनावमा सहभागी हुन मोर्चाको १८बुँदे माग
काठमाडौं/ संविधानसभाको निर्वाचन प्रक्रियाको विरोध गर्दै आइरहेका
नेकपा–माओवादी नेतृत्वको मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसंग १८ बुँदे
माग राखेको छ ।
उच्चस्तरिय समितिसँग आज भएको वार्तामा मोर्चाले राखेको १८ बुदे मागप्रति प्रमुख दलहरू सकारात्मक देखिएकाले वार्ताले सकारात्मक नतिजा दिन सक्ने नेकपा माओबादीका अध्यक्ष मोहन वैद्यले जानकारी दिनुभयो ।
समितिको कार्यालय नयाँ बानेश्वरमा भएको वार्तामा जसरी हुन्छ सहमतिमै अगाडी बढ्नेगरी छलफल भएको उहाले जानकारी दिनुभयो । आफूहरू पनि मुडभेडबाट भन्दा सहमतिबाटै अगाडी बढ्न आतुर भएकाले वार्ताले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्नुभयो ।
आफूहरूले राखेका मागहवारेमा उच्चस्तरिय समितिले छलफल गरेपछि फेरि चाँडै नै वार्ता गरिनेगरी आजको बार्ता सकिएको अध्यक्ष वैद्यले जानकारी दिनुभयो । मोर्चाले प्रस्तुत गरेको माग पत्रमा सर्वपक्षीय गोलमेच सम्मेलनलाई जोड दिएको छ ।
त्यसैगरी ११ बुँदे सहमति र २५बुँदे वाधा अड्काउ फुकाउ अध्यादेश पुरै रद्ध गर्नु पर्ने मोर्चाले माग गरेको छ । साथै आगमी मंसिर चार गतेका लागि तय गरेको निर्वाचनका सबै प्रक्रिया स्थगन गर्नु पर्ने उनिहरूको माग छ । उच्चस्तरीय राजनीतिक समितिको पनि औचित्य नभएको भन्दै मोर्चाले समिति तत्काल भंग गर्नु पर्ने माग पनि मागपत्रमा उल्लेख गरेको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.