पछिल्ला सामग्री :
अपहरित बालक १२ घन्टापछि मुक्त

दाङ/ दाङको तुलसीपुरबाट अपहरणमा परेका दुई बालकलाई सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरले करिब १२ घण्टा पछि मुक्त गराउन सफल भएको छ ।

शान्तिदिप बोडिङ स्कुल दुधेना तुलसीपुरबाट परीक्षा दिई घरतर्फ फर्कदै गरेका तुलसीपुर नगरपालीका वडा नम्बर ८ दुधेनाका दुई जना बालकलाई आज बिहान साँडे दुई बजे तिर सशस्त्र प्रहरीले तुलसीपुर घोराही सडक खण्डको पत्रेखोला भन्ने स्थानबाट मुक्त गरि परिवारलाई बुझाएको छ ।

हिजो सोमबार दुधेना निबासी धनेश्वर वलीका ११ बर्षिय छोरा केशब वली र सोही ठाँउ बस्ने शसीधर भण्डारीका ११ बर्षिय छोरा सुलभ भण्डारी दुधेना भन्ने स्थानबाट अपहरणमा पर्नुभएको थियो ।

अपहरणमा संलग्न तुलसीपुर ८ दुधेना निबासी बर्ष २२का ईन्द बहादुर बिकलाई उरहरी गाबिसमा शसस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो । अपहरणमा संलग्न भानु र पारसको खोजी कार्य भई रहेको शसस्त्र प्रहरी बेस क्याम्प तुलसिपुरले जनाएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.