भ्रष्टाचार छानबिनको माग
बैतडी / बैतडीको दशरथ चन्द नगरपलिकामा व्यापक भ्रष्टाचार भएको भन्दै नगरवासीले छानबिनको माग गरेका छन् ।
नगरपालिकाले आर्थीक वर्ष ०६९/७० को वार्षिक समीक्षा कार्यक्रममा योजना समेत पेश नगरेपछि सर्वसाधारणले भ्रष्टाचार भएको आरोप लगाएका हुन् । कार्यक्रममा सहभागिहरूले नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चन्द्रनारायण प्रसादसंग बार्षिक योजना तथा कार्यक्रमको बार्षिक विस्तृत आयव्यय विवरणको माग गरेका थिए ।
तर, अधिकृत प्रसादले शुक्रवार बसेको बार्षिक समिक्षा गोष्ठीमा आरोपको सामना गर्न नसकेर एकलकाटे ढङ्गले सम्पन्न गर्न लगाएका थिए । कार्यक्रममा सहभागि नागरिकहरूले नगरपालिकाले आय–व्ययसमेत पारदर्शी ढङगले प्रस्तुत नगरेपछि व्यापक अनियमितता भएको आशंका व्यक्त गरेका हुन् ।
नगरपालिकाका निमिक्त कार्यकारी अधिकृत प्रसादको अध्यक्षतामा बसेको बार्षिक समिक्षा कार्यक्रममा सहभागि नागरिक वडा मञ्चका पदाधिकारी र राजनैतिक दलका प्रतिनिधिहरूले लक्षित बर्गको कार्यक्रममा अनियमितता भएको भन्दै तिब्र विरोध जनाए पनि सुनवाई नभएपछि उनिहरू कार्यक्रम नै वहिष्कार गर्ने अवस्थामा पुगेका थिए ।
वार्षिक समिक्षा सम्पन्न गर्ने जिम्मा पाएका नगरपालिकाका विनोद चन्दले प्राविधिक र लेखाशाखाको कमजोरीका कारण योजना तथा कार्यक्रहरूको पूर्ण विविरण नआएकाले यही साउन भित्र नगरपलिकाले सार्वजनिक सुनुुवाई गरी लेखाजोखा सार्वजनिक गर्ने जानकारी दिनुभएको थियो । नगरपालिका अहिले कार्यकारी अधिकृत विहीन समेत रहेको छ ।
यसैबीच, स्थानीय निकाय वित्तीय आयोगको सचिवालय अन्र्तगत न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको परिणममा पनि दशरथचन्द नगरपलिकाको २५ प्रतिशत वार्षिक बजेट कटौतीसमेत भएको छ । जाम्मा ६५ अंक प्राप्त गरी नगरपलिका अहिले २४ औं स्थानमा रहेको छ ।
- मिलनप्रकाश ढुङ्गाल

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.