पछिल्ला सामग्री :
७० वर्षका खुर्सानी बाजेको युवा जाँगर


भोजपुर/ नाति उमेरका युवाहरु काम खोज्दै विदेशतिर उडिरहेका बेला भोजपुर ६ पोखरेका ७० वर्षका विष्णुप्रसाद अधिकारी बारीतिर लम्किन्छन् ।

उनको लगावबाट प्रेरित हुने थुप्रै छन्, तर उनीजस्तै ‘जोतिएर’ काम गर्ने गन्न सकिने छन् । जीवनभर कृषिमै रमाएका यी वृद्धलाई ‘माटोमा मोती फलाउन’ कहिल्यै उमेरले छेकेन । गाउँमा उनी त्यसै ‘खुर्सानी बाजे’ भनेर चिनिएका होइनन्, यसका पछाडि वर्षौको पसिना छ ।

काखमा नाति खेलाएर जीवनका उत्तरार्द्ध बिताउनुपर्ने उमेरका अधिकारीले अहिले पोखरेमा जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । यही खेतीबाट उनले वाषिर्क ४ लाख भन्दा बढी चोखो आम्दानी गर्छन ।

सानैदेखि कृषिमा लागेका अधिकारीले ०५८ मा सदरमुकामनजिकै पोखरेको २७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् । उनले खुर्सानी अत्यधिक फलाउने गरेका कारण स्थानीयले ‘खुर्सानी बाजे’ भनेर बोलाउँछन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.