केशव स्थापित काठमाडौं ६ बाट चुनाव लड्ने
काठमाडौं/ नेकपा
एमालेले आगामी संविधानसभा निर्वाचनमा काठमाडौंका पूर्वमेयर केशव स्थापितलाई
काठमाडौं ६ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।
एमाले उपत्यका समन्वय कमिटीले क्षेत्र नम्बर ६ को प्रत्यक्षको उम्मेदवारका लागि स्थापितसहितको नाम पठाउने तयारी गरेको हो । ‘उहाँको नाम पनि आएको छ’ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले भन्नुभयो-’आजै केन्द्रमा सिफारिस गर्छु ।’
नेताहरुका अनुसार क्षेत्र नम्बर ६ बाट स्थापित उम्मेदवार हुने पक्का जस्तै छ । यसका लागि केपी शर्मा ओली पक्षको बढी जोड छ । ‘स्थापित समानुपातिकमा बस्ने नेता नै होइन ।
‘उहाँको आफ्नो क्षेत्र भएकाले पकड पनि राम्रो छ’-श्रेष्ठले भन्नुभयो ।स्थापितले समेत आफू उम्मेदवार भए चुनाव जित्ने दाबी गरेपछि एमालेले उहाँलाई सिफारिस गरेको हो । क्षेत्र नम्बर ६ अन्तरगत असन, ठमेललगायत नेवारहरुको बाक्लो बस्ती रहेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.