पछिल्ला सामग्री :
थापाले भने, ‘अब चुनावमा उठ्दिन’

धनकुटा/ पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

धनकुटाका दुवै क्षेत्रबाट उम्मेदवारी दिने चर्चा चलिरहेका वेला थापाले मंगलबार जिल्ला सदरमुकाममा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

थापाले उमेर, स्वास्थ्य स्थिति र युवा पुस्तालाई अवसर दिने सोचका कारण आफूले निर्वाचनमा भाग नलिने बताए । ‘म ८६ वर्ष पुगिसकेँ । स्वास्थ्य स्थिति पनि बिग्रँदै गएको छ । त्यसैले युवा पुस्तालाई अवसर दिनका लागि चुनावमा नलड्ने निष्कर्षमा पुगेको छु,’ उनले भने ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.