कविता (यात्री शेखर)
कुनै एउटा कालखण्डमा
एकै होला हाम्रो धड्कन
र भावनाको तरंग पनि ।
हिजो समयको उतार चडावले
टुक्र्यायौ आफ्नै मुटु
चुडाल्यौ भावनाको डोरी
र थियौ पर पर
नबुझी आफैलाई ।
रंग भएर आउँछ आखाँमा
सपना भएर घुम्छ मस्तिष्कमा
चल्दैछ छिटो छिटो
धड्कनमा मिसिदै मिसिदै
नशा नशामा बढ्दैछ प्रवाह
घोलिदै घोलिदै रगतमा
लाग्छ यो कालखण्ड पार गर्दा नगर्दा
अवश्य बग्छ भेलबाढी
हाम्रो मायाको
हाम्रो मायाको .........
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.