पछिल्ला सामग्री :
बैदेशिक रोजगार ब्यवसायीहरु ११ बुादे मागसहित आन्दोलनमा

काठमाडौ । पछिल्लो समयमा अध्यागमन कार्यालयले गर्ने गरेको ढिलाईका कारण समग्र बैदेशिक रोजगार नै प्रभावित भएको ११ बुादे माग अघि सारेका बैदेशिक रोजगार ब्यवसायीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेका छन । 

ब्यवसायीहरुद्धारा गठित  बैदेशिक रोजगार ब्यवसायी हकहित संघर्ष समितिले  शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो चेतावनी दिएको हो । समितिले भीसा र राहदानी मात्रै हेरेर कामदार पठाउने ब्यवस्था गर्नु पर्ने, भीसाको भाषामा फरक देखिएको अवस्थामा एजेन्सी र रोजगारदाता कम्पनीको लिखित ग्यारेन्टीमा अन्तिम स्विकृतको ब्यवस्था मिलाउनु पर्ने,  ऐन विपरितको दुतावासको एटेस्टेसनको बाध्यकारी ब्यवस्था हटाउनु पर्ने, कुनै कामदार जान नसक्ने भए त्यसको ठााउमा अर्कालाई सहज रुपमा पठाउन पाउनु पर्ने माग अघि सारेको छ । 

त्यस्तै, मलेसियाको केएनडीको म्याद १ वर्षसम्म हुने भए पनि भीसा स्टाम्प भईसकेपछि भिसाको म्याद रहेसम्म अन्तिम स्विकृति दिनु पर्ने, स्विकृत र भीसा अलग अलग कम्पनिको भए पनि ती कम्पनीहरुको सम्बन्ध भएको पत्रको अमाधारमा स्वीकृती दिुन पर्ने, बैदेशिक रोजगार विभागमा पेण्डिङ रहेका फाईलहरु एजेन्सीको ग्यारेन्टीमा स्विकृत गर्नु पर्ने, यूएईको भीसामा अनलाईन हेरेर श्रम स्वीकृती दिनु पर्ने, स्वीकृती र भीसामा फरक देखिए योग्यता अनुसार स्विकृती दिनु पर्ने र मलेसियामा सुरक्षा गार्ड खुल्ला गर्नु पर्ने लगायतका मागहरु पनि उनीहरुले अघि सारेका छन् । 

पत्रकार सम्मेलनमा आफूहरुले अघि सारेको ११ बुादे माग प्रति सरकारले वास्ता नगरेको भन्दै आफूहरु आन्दोलनमा जान बाध्य भएको स्पष्ट पारिएको थियो । गत भदौ २६ गते देखि विभाग घेराउ लगायतका आन्दोलनका कार्यक्रम गरिरहेका ब्यवसायीहरुले आज माग पुरा गराउन दवाव दिने उदेश्यले मन्त्री परिषदका अध्यक्षलाई भेटी माग पत्र समेत बुझाएका छन् । 

मन्त्री परिषद अध्यक्षले सम्बन्धीत अधिकारीलाई बोलाएर ब्यवसायीहरुको मागलाई सकारात्मक रुपमा लिएर संबोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको जानकारी दिदै बैदेशिक रोजगारी ब्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवालले माग पुरा नभएसम्म आन्दोलन र वार्ता दुबै प्रक्रियालाई जारी राख्ने बताए । 

समितिका संयोजक विमल ढकालले बैदेशिक रोजगार ब्यवसायी संघ र त्यसका अध्यक्ष बलबहादुर तामाङले ब्यवसायीहरुको हितमा काम गर्न नसकेकोले आफूहरु अलग्गै संगठित भएर आन्दोलन गर्न बाध्य भएको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । 


IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.