वैद्यको चारबुँदे प्रस्ताव झुट : बिजुक्छे
काठमाडौं/ नेपाल मजदुर किसान पार्टीका
अध्यक्ष नारायणमान बिजुक्छेले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनु आवश्यक नभएको वताएका छन् । उनले
राजीनामा दिए सरकारप्रमुखको औचित्य नै समाप्त हुने बताए ।
भक्तपुर ट्रक व्यवसायी सङ्घले बुधवार
भक्तपुरमा आयोजना गरेको चौधौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले
यस्तो धारणा सार्वजनिक गरेका हुन् । विजुक्छेले रेग्मीले प्रधानन्यायाधीश
पदबाट राजिनामा दिदैमा सहमतिको सरकार नबन्ने भन्दै नेकपा–माओवादी समूहले
राखेको चार बुँदे प्रस्ताव झुट र छलछाम भएको आरोपसमेत लगाए ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम
भट्टराईले राजीनामा दिएपछि चार महिनासम्म पनि दलहरुबीच सहमतीय सरकार गठन
गर्न नसकेपछि एक मात्र बिकल्पका रुपमा प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा
सरकार गठन गरेको हुनाले प्रधानन्यायाधीशबाट राजीनामा गर्न नहुने उनको धारणा
छ ।
‘माओवादीले भनेजस्तो दलहरुबीच सहमतीय सरकार बन्ने हो भने डा बाबुराम भट्टराईले सरकार छोडेलगत्तै बन्थ्यो, तर चार महिनासम्म दलहरुबीच सहमति नभएपछि प्रधानन्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाउनुपरेको हो’, विजुक्छेले भने ।
‘माओवादीले भनेजस्तो दलहरुबीच सहमतीय सरकार बन्ने हो भने डा बाबुराम भट्टराईले सरकार छोडेलगत्तै बन्थ्यो, तर चार महिनासम्म दलहरुबीच सहमति नभएपछि प्रधानन्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाउनुपरेको हो’, विजुक्छेले भने ।
अहिले पनि सहमतीय सरकारको सम्भावना नरहेको दाबी गर्दै उनले संविधान संशोधन गरेर प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाइएकोले संविधान संशोधन गर्दा पूर्व प्रधानन्यायाधीश सरकार प्रमुख हुने व्यवस्था नगरिएकाले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुको अर्थ नभएको तर्क गरे ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.