पछिल्ला सामग्री :
अर्घाखााची सेवा समाज कतारको मासिक बैठक सम्पन्न, प्रथम उपाध्यक्ष्य केसी नेपाल जादै

दोहा, १६ सेप्टेम्वर/अर्घाखााची सेवा समाज कतारको नियमित मासिक बैठक हालै सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष भुवन केसीको अध्यक्षता र महासचिव विष्णु प्रसाद भुसालको सन्चालनमा सम्पन्न उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरुको व्यापक उपस्थिति रहेको थियो सो बैठकमा स्वागत मन्तव्य सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियारले दिनुभएको थियो । 

मन्तव्यको क्रममा बोल्दै कार्यवाहक अध्यक्ष भुवन केसीले सस्थाले सन्चालन गरेका विभिन्न योजनाहरुलाई सक्रियताका साथ निरन्तरता दिइरहेको र सफल योजनाहरुमा सहयोग गर्नुहुने सवैलाई धन्यबाद प्रकट गर्नुभएको थियो । बुदाागतरुपमा आफनो बक्तव्य राख्दै कार्यवाहक अध्यक्ष भुवन केसीले सस्थाले गरेका र आउदो समयमा गर्नुपर्ने सम्भावित कार्ययोजनाहरुलाई संक्षिप्तरुपमा राख्नुभएको थियो, केसी लामो कतार बसाई पश्चात यहि सेप्टेम्वर ३० मा गृहजिल्ला अर्घाखााची जार्दै हुनुन्छ, जिल्ला बसाईको समयमा उहााले स्थानियस्तरमा तथा राष्ट्रियस्तरमा सस्थाका योजना एवं कार्यक्रमहरुलाई प्रभावकारी गराउनका निमित्त महत्वपूर्ण भेटघाट तथा सस्थाका गतिविधिहरुलाई पूर्णता दिनेमा ध्यान दिने बताउनुभयो । 

सस्थाले आगामी इद तथा बडा दशैको अवसरमा दोहा कतारमा भव्य इद तथा दशै मिलन समारोहको आयोजना गर्ने भएको छ । इद तथा बडा दशैको समयमा आयोजना हुने खेलकुद गतिविधिहरुमा सस्थालाई सक्रिय सहभागिता गराउनका निमित्त खेलकुद संयोजक राजकुमार श्रेष्ठलाई थप जिम्मेवारी पनि प्रदान गरेको छ । साथै सस्थाले सस्थाको मुखपत्र पनि प्रकाशन गर्ने भएको छ उक्त मुखपत्रको लागी आन्तरिक गृहकार्य गरिने पनि जानकारी गराइएको छ । उक्त बैठकमा छलफल र निर्णयको लागी प्रस्तुत विभिन्न विषयहरुमा उपस्थिति पदाधिकारीहरुले आफनो आफनो मन्तव्य राख्नुभएको थियो । 

IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.