पछिल्ला सामग्री :
उपसभापति पौडेल र भारतीय राजदुत भेट

काठमाडौं, ३१  भदौं । नेपाली कााग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदुत रञ्जित रे बीच आज भेटवार्ता भएको छ ।     पौडेल निवास बोहोराटारमा आज सााझ भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान सभा चुनावको लागि भैरहेको तयारी तथा दलहरुबीच भैरहेको वार्ताको प्रगतिबारे छलफल भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

    सो भेटवार्तामा राजदुत रेले चुनावमा सबै दलको सहभागिताका लागि दलहरुबीच भैरहेको वार्ता प्रयास र प्रगतिबारे चासो राख्नुभएको थियो भने उपसभापति पौडेलले दलहरुबीचको छलफलबाट वर्तमान राजनीतिक संकटको निकास खोज्ने प्रयास भैरहेको र सबैको सहभागितामा चुनाव गर्नेतर्फ वार्ता केन्द्रीत रहेको बताउनुभएको पनि पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो । 
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.