पछिल्ला सामग्री :
कलाकार दीपकराज गिरीलाई ट्राफिकले झुक्यायो

काठमाडौ/  चर्चित हास्य कलाकार दिपक राज गिरीले मापसेको नाममा ट्राफिक प्रहरीले नि:शुल्क रुपमा आफ्नो श्रमसमेत लिएर प्रतिबद्धता कार्यान्वयन नगरी झुक्याएको गुनासो गरेका छन् ।
गिरीले सोमबार एक विज्ञप्ति निकालेर केही समयअघि मापसे चेकजाँचको क्रममा ट्राफिकले आफ्नो लाईसेन्स लिएकोमा तत्कालिन ट्राफिक प्रमुख डिआईजी उपेन्द्र कान्त अर्यालले ट्राफिक सचेतनासम्बन्धी सामग्री बनाई दिए सचेतना कक्षा नलिई लाईसेन्स फिर्ता गर्ने प्रतिबद्धता ब्यक्त गरे पनि अहिलेसम्म फिर्ता नगरेर आफ्नो बद्नाम गर्ने नियतले दुष्प्रचार गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
अर्यालको आग्रह अनुसार आफू र कलाकार दिपा श्री निरौलाले दिन भरी लगाएर निशुल्क रुपमा सचेतना सामग्री तयार पारेको तर पछि डिआईजी अर्यालको सरुवा भई उनको ठाँउमा केशव अधिकारी आए पनि चर्चामा आउने नियतले पूर्वसहमति कार्यान्वयन नै नगरी आफूलाई बदनाम गराएको गिरीको विज्ञप्तिमा उल्लेख छ ।
उनले एउटै गल्तीको लागि बारम्बर सजाय दिने तरिकाले आफूलाई दुखित बनाएकोले प्रहरीको १ घण्टाको सचेतना कक्षा आग्रहलाई अस्विकार गरेको समेत स्पष्ट पारेका छन् । प्रहरीको नेतृत्वले पूर्व सहमति कार्यान्वयन किन नगरेको प्रति प्रश्न गर्दै गिरीले यस्तै अवस्था रहे आफै लाईसेन्स लिने प्रक्रिया चाल्ने समेत उल्लेख गरेका छन् ।
उनले आफ्नो नाममा यसरी भएको दुष्प्रचारले आफ्ना प्रसंसक र आमजनसमूदायमा बढेको अन्यौलता प्रति दुख समेत ब्यक्त गरेका छन् ।
……………………………………………..
विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति मापसे चेकिङका क्रममा मेरो सवारी अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको बिषयमा केहिदिनयता बिभिन्न संचारमाध्यममा प्रकाशित÷प्रशारित समाचारबाट आम जनमानसमा भ्रम सृजना भएकाले स्पष्ट पार्न यो बिज्ञप्ति जारी गरेको छु । मापसे परिक्षणका क्रममा केहि महिनाअघि मेरो सबारी चालक अनुमतिपत्र प्रहरीले नियन्त्रणमा लिएको सत्य हो । मापसे परिक्षणका क्रममा कुनै विवाद नगरी तथा आफ्नो स्टारडम प्रयोग गरेर कुनै दवाव नदिइ मैले त्यतिवेला प्रहरीलाई सहयोग गरेको थिए । त्यस पश्चात ट्राफिक प्रहरीका तत्कालिन प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले मलाइ कार्यालयमा बोलाइ सवारी लाइसेन्स फिर्ता दिने तर त्यसको वदलामा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माणमा सहयोग गर्नुपर्ने शर्त राख्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छु । उहा“को अनुरोधपछि म र कलाकार दिपाश्री निरौला मिलेर दिनभर लगाइ निशुल्क रुपमा ट्राफिक सचेतना सम्बन्धि सामाग्री निर्माण गरिदिएका हौं । तर त्यसपछि सवारी चालक अनुमतिपत्र फिर्ता दिने सहमति कार्यान्वयन नभएको स्पष्ट पार्न चाहन्छु । त्यसको केहिदिनमै अर्यालको स्थानमा सरुवा भइ आएका डिआइजि केशव अधिकारीले चर्चामा आउने नियत स्वरुप बिभिन्न संचारमाध्यममा अर्नगल प्रचार गरिरहेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । १ घण्टाको सचेतना परिक्षा लिने स्थानमा दिनभरी लगाएरै सामाग्री निर्माण गरिसकेपछि पनि केहि निहित स्वार्थका लागी मेरो पहिचानमै आ“च आउनेगरी भइरहेका प्रचारले मलाइ निकै दुखि तुल्याएको छ । एउटै गल्तीका लागी वारम्वार सजाय दिन नहुने आम नियमबिपरित पुन सचेतना परिक्षा लिन गरिएको आग्रह मैले अश्विकार गरेकै हो । प्रहरीको नियम, कानुन पालना गर्न म सधै तत्पर रहेको जानकारी गराउदै पहिले सजायस्वरुप सचेतनामुलक सामाग्री बनाउन किन लगाएको हो र पछि मेरो सवारी चालक अनुमतिपत्र किन फिर्ता नगरिएको हो भनि म ट्राफिक प्रहरीको नेतृत्व समक्ष प्रश्न गर्न चाहन्छु । प्रहरीले पुरानो प्रतिवद्धता पालना नगर्ने हो भने स्पष्ट पारोस त्यसपछि सवारी लाइसेन्स लिनका लागी मैले चाल्नुपर्ने प्रक्रिया अघि बढाउन तयार रहेको यसै बिज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छु । ट्राफिक प्रहरीको दुस्प्रचारबाट मेरा प्रसंसक र आमजनमानसमा परेको अन्यौलता प्रति दुख व्यक्त गर्न चाहन्छु ।

दीपकराज गिरी
कलाकार



IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.