नेपालको लज्जास्पद हार
काठमाडौ/ आठौं साफ च्याम्पियनसिपमा नेपालको लज्जास्पद हार भएको छ । सेमिफाइनलमा आइतबार पुरानै प्रतिद्वन्द्वी अफगानिस्तानसँग १-० ले पराजित भएपछि नेपालको फाइनल सपना चकनाचुर भएको हो ।
खेलको अन्त्यतिर पाएको २ पेनाल्टी अवसर गुमाउँदा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपाली सपना तुषारापात भएको छ । नेपाली खेलाडी बिमल घर्तीमगरलाई अफगानी किपर मोहम्मद युसेफले लडाएपछि पाएको २ पेनाल्टी भरपर्दा खेलाडी रोहित चन्दले सदुपयोग गर्न नसक्दा नेपाल निराश हुनुपरेको हो ।
खेल सुरु भएको १० औं मिनेटमा खाएको गोल पटक पटकको अवसरमा पनि फर्काउन नसक्दा आयोजक टोलीको फाइनल यात्रामा पूर्णविराम लागेको हो ।
दशरथ रंगशालामा उपस्थित १८ हजार घरेलु समर्थनले हौसिएको नेपाली टोलीले खेल अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै गोलका दर्जनौं अवसर सिर्जना गरे पनि बलले जाली चुम्न सकेन । नयाँदिल्लीमा भएको अघिल्लो संस्करणमा पनि नेपाल अफगानिस्तानसँग १-० को हार व्यहोरेर घर फर्किएको थियो ।
खेलमा सुरुवाती मिनेटमा अफगानीस्तानका सन्जरा मोहम्म अहमदीले गरेको गोल उसलाई फाइनल पुग्न काफी भयो । खेल अवधीभर नेपालले खेलमा फर्कने दर्जनौ मौका पाए पनि लक्ष्य हासिल भएन् ।
घरेलू भूमिमा आयोजित प्रतियोगिताको ट्रफी बाहिर जान नदिने प्रतिबद्धता व्यक्त गरेका नेपाली खेलाडी हारसँगै निकै निराश देखिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.