चुनाव सार्न सकिन्छ : कांग्रेस
काठमाडौं/ नेपाली
कांग्रेसले नेकपा–माओवादीले चुनावमा आउने स्पष्ट प्रतिबद्धता जनाए चुनाव
केही पर सार्न सकिने जनाएको छ ।
शनिबार विहान पार्टी सभापति सुशील
कोइरालाको निवास महाराजगन्जमा बसेको कांग्रेस नेताहरुको बैठकले
नेकपा–माओवादी चुनावमा आए मंसिरकै अन्तिमसम्म चुनाव गर्न सकिने निष्कर्ष
निकालेको हो ।
बैठकमा नेताहरुले अझै केही चरण छलफल गर्न तयार रहेको भन्दै एक÷दुई हप्ता निर्वाचन पर सार्न सकिने जनाएका थिए ।
बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले
मंसिरभित्रै चुनाव गर्ने गरी अन्य कार्यतालिका परिवर्तन गर्न सकिने बताए ।
‘चुनाव केहीदिन पर सार्न सकिन्छ’ निधिले भने ‘तर वैद्यजीहरु चुनावमा सहभागी
हुने ग्यारेन्टी हुन पर्यो ।’
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराउन
पनि आग्रह गरेको छ । दल दर्ता, दलीय छलफललाई सँगै अगाडि बढाएमा चुनाव
मंसिर भित्रै गर्न सकिने कांग्रेसको निष्कर्ष छ ।
शुक्रबार राष्ट्रपति सहितको १९ दलहरुको
छलफलमा नेकपा–माओवादीले प्रस्तुत गरेको ४बुँदे प्रस्तावबारे बैठकमा
कुराकानी भएको थियो । माओवादीले प्रस्तुत गरेको ४ बुँदे प्रस्तावमा
संविधानसभा चुनावमा सहभागी हुनेबारे कुनै प्रतिबद्धता नभएको भन्दै विश्वास
गर्ने वातावरण नबनेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले संविधानका अन्र्तवस्तुबारे पनि
दलहरुबीच छलफल गर्न सकिने जनाउँदै ‘अन्त्यहिन गन्तव्य’को लागि गोलमेच
सम्मेलन गर्न नसकिने जनाएको छ । उच्चस्तरीय राजनीतिक समितिसँगै अन्य
दलहरुलाई पनि राखेर छलफल गर्न भने सकिने कांग्रेसको भनाई छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.