पछिल्ला सामग्री :
उर्वशीमा नीता, कति होला सफल

काठमाडौं/ आफू शीर्ष भूमिकामा अभिनीत फिल्म उर्वशीको प्रदर्शन मिति तोकिएपछि नायिका नीता ढुंगाना उत्साही भएकी छिन् ।

नोटबुकबाट सर्वाेत्कृष्ट अवार्ड जितेकी नीता उर्वशीले पनि आफ्नो करिअरमा नयाँ मोड ल्याउनेमा विश्वस्त छिन् । मनीष पन्थीको निर्देशनमा बनेको उवर्शी १४ मंसिरमा रिलिज हुँदै छ । चुनावका कारण हाल ठूलो लगानीका नयाँ नेपाली फिल्म रिलिज गरिएको छैन । चुनाव परिणामसँगै प्रदर्शनमा आउने उर्वशीले दर्शकको साथ अत्यधिक पाउने आशा नीताको छ ।

‘टाइटल रोलमा भएकाले म निकै उत्साही छु,’ उर्वशीबारे नीता भन्छिन्, ‘नाम झैँ फिल्म पनि उस्तै राम्रो छ ।’ खगेश्वर पुनले निर्माण गरेको उर्वशीमा नीताका साथमा किशोर खतिवडा र अरुणिमा लम्साल प्रमुख भूमिकामा छन् । 

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.