पछिल्ला सामग्री :
‘भोग्य सगुन राष्ट्रिय पत्रकारिता’ पुरस्कार नेपाललाई (तस्वीरसहित)

काठमाडौं/ यस वर्षको भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार जगत नेपाललाई प्रदान गरिएको छ ।

रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक भोग्यप्रसाद शाहको स्मृतिमा स्थापित सो पुरस्कार मंगलबार राजधानीमा आयोजित एक समारोहका बीच सभासद तथा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पत्रकार नेपाललाई प्रदान गरेका हुन ।
पुरस्कारको राशी दश हजार रहेको छ । सोही कार्यक्रममा पत्रकार नेपालले पुरस्कारबाट प्राप्त १० हजार रकम निःसहाय सेवा सदनद्धारा सञ्चालित वृद्धाश्रमलाई हस्तान्तरण गरे ।

कार्यक्रममा लामो समयदेखि नेपाली पत्रकारितको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै बरिष्ठ पत्रकार भैरव रिसाल र प्राध्यापक पी खरेललाई सम्मान गरिएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.