पछिल्ला सामग्री :
पशुपतिमा समाजसेवा (फोटो फिचरसहित)

काठमाडौं/ अमेरिकामा रहेको हेल्प फर डिस्परेट एन्ड निडी पिपुल (एचडिएनपी)ले राष्ट्रिय पीडित परामर्श युवा समाज र अल्का अस्पतालको सहयोगमा पशुपति परिसरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

शिवरात्रिको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न आउनेहरूको नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो । नि:शुल्क शिविरमा करिब सात सयजनाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए । शिविरमा नि:शुल्क खानेपानीको समेत व्यवस्था गरिएको थियो । स्वास्थ्य शिविरमा अल्का अस्पतालको सहकार्यमा बिरामीलाई नि:शुल्क  औषधि वितरण गरिएको थियो । 

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई अल्का अस्पतालकै चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए भने अन्य व्यवस्थापन एचडिएनपी र राष्ट्रिय पीडित परामर्श युवा समाजका स्वयंसेवकहरूले गरेका थिए । स्वास्थ्य शिविरमा गम्भीर प्रकृति बिरामीका लागि भनेर एम्बुलेन्सको समेत व्यवस्था गरिएको थियो । यस्तै सिंहदरबार वैद्यखानाले पनि औषधिको सहयोग प्रदान गरेको थियो ।

सन् २०१२ मा अमेरिकाको टेक्सासमा रहेका नेपालीहरूद्वारा सञ्चालित एचडिएनपीले नेपालमा पनि विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा समाजसेवामा योगदान पुर्‍याउँदै आएको छ । यो अमेरिकामा बस्ने नेपालीहरूको संयुक्त प्रयासमा सञ्चालित नाफारहित गैरसरकारी संस्था हो ।

IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.