गोलमेच सम्मेलनमा जान सकिन्छ : प्रचण्ड
काभ्रे/ एकीकृत माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेकपा–माओवादीसहितका साना दललाई निर्वाचनमा सहभागी गराउन गोलमेच सम्मेलनमा समेत जान तयार रहेको बताएका छन् ।
योङ कम्युनिस्ट लिग, वाइसिएल, काभ्रेको तेस्रो जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले दलीय सहमतिका आधारमा नेकपा–माओवादीलगायतका दललाई राजनीतिक संयन्त्रमा सहभागी गराएर गोलमेच सम्मेलनमा जानसकिने बताएका हुन् । उनले असन्तुष्ट दलका माग सम्बोधन गरेर दोस्रो संविधानसभाको निर्वाचनमा जानुपर्ने बताए ।
एकीकृत नेकपा माओवादीको पक्षमा धेरै जनमत देखिएको दाबी गर्दै अध्यक्ष प्रचण्डले यतिवेला चुनाव बिथोल्न खोज्नेलाई जनताले तिरस्कार गर्ने बताए । उनले राजावादीसँग घाँटी जोडेर सहिदको सपना पूरा नहुने भन्दै माओवादीको एजेन्डा संविधानसभा भएकाले जस्तोसुकै परिस्थितिमा पनि दोस्रो निर्वाचन भएरै छाड्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीले अहिले राजावादीहरूसँग साँठगाँठ गरेर मतपेटीकामा बन्चरो हान्नु भनेको सहिदको सपनामा बन्चरो हान्नुसरह हो ।’
उनले संविधानसभाविरुद्ध गए जनताले तिरस्कार गर्ने हँुदा भीरबाट लड्ने गोरुलाई रामराम मात्रै भन्ने तर काँध थाप्न नसक्ने बताए । उनले संविधानसभाको चुनाव बिथोल्नेलाई गाउँबाट लखेट्न वाइसिएल कार्यकर्तालाई निर्देशन दिए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.