‘राजतन्त्रले फर्कने सपना नदेखे हुन्छ’
गोरखा/ एकीकृत माओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मसानघाट पुगेको राजतन्त्रले पुन: फर्कने सपना नदेखे हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको श्रद्घाञ्जलीमा मंगलबार गोरखामा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले ०४७ सालको संविधान ब्युँताएर राजतन्त्र पुनस्र्थापना गर्ने खतरा देखापरेको बताए । ‘हाम्रा केही क्रान्तिकारी भनिने साथीलाई उक्साएर ४ मंसिरको चुनाव भाँड्ने र ०४७ सालको संविधान ब्युँताएर राजतन्त्र पुनस्र्थापन गर्ने गम्भीर खतरा देखापरेको छ,’ उनले भने ।
धर्मकर्मका नाममा पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएको भन्दै भट्टराईले पूर्वराजाले आफूलाई पुनस्र्थापित गर्न अन्तर्राष्ट्रिय शक्ति केन्द्र गुहारिरहेको सूचना प्राप्त भएको दाबी गरे । उनले भने, ‘ज्ञानेन्द्रलाई हामीले चिमोट्दा को–को मान्छेलाई दुख्यो, को–को मान्छे ऐया र आत्थु भनेर चिच्याइरहेका छन्, हामीलाई राम्रोसँग थाहा छ ।’
राजतन्त्रको खतरा फेरि मडारिन थालेको र मसानघाट पुगेको राजतन्त्रलाई खबरदारी गर्न आफू गोरखा आएको उनले बताए । उनले भने, ‘झट्ट हेर्दा राजतन्त्रवादी शक्ति बलिया छैनन्, सामन्तवादी शक्ति कमजोर छन्, तर विषलाई कहिल्यै पनि थोरै देख्नु हुँदैन, विष धेरै हुँदैन तर थोरै विषले ज्यान लिन्छ र खतरनाक हुन्छ ।’

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.