अखिलको विधान सम्मेलन सुरु (फोटो फिचरसहित)
दाङ/ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विधान सम्मेलन दाङमा शुरु भएको छ । सम्मेलनको वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले शुक्रबार उद्घाटन गरेका छन् ।
२० गतेसम्म चल्ने सम्मेलनमा ५ सय ७ जनाको प्रतिनिधित्व छ । सम्मेलनमार्फत अखिलले जम्बो केन्द्रीय समिति घटाउने भएको छ । ३५३ सदस्यीय केन्द्रीय समिति घटाएर १ सय ३५ बनाउने सैद्धान्तिक सहमति बनेको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवम विघटित केन्द्रीय समितिका उपाध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिए ।
केन्द्रीय समितिसंगै पदाधिकारी र सचिवालय संख्या घटाउने विषयमा पनि सैद्धान्तिक सहमति भएको उनले बताए । सम्मेलनमा विगतको समीक्षा, अन्तरविरोधलगायतका विषयमा छलफल हुनेछ । आगामी नेतृत्वले गर्ने कामको विषय पनि सम्मेलनले तय गर्ने नेतृ राधिका खतिवडाले बताइन ।
सामुदायिक र सरकारी स्कुलको भिन्नतालाई अन्त्य गर्ने विषय पनि सम्मेलदनमा उठाइने लम्सालले बताए । यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक र सामाजिक विषयबारे पनि अखिलले निर्णय लिने भएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.