पछिल्ला सामग्री :
भारत जाँदै कांग्रेस सभापति

काठमाडौं/ नेपाली कांग्रेसका सभापति सुशील कोइराला दुई महामन्त्रीका साथ आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि कोइराला पाँचदिने भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् ।

कोइरालाको भ्रमण टोलीमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सहभागी हुने कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए । आइतबार दिउँसो ३:४० बजे एयर इन्डियाको विमानबाट कोइराला नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

कोइरालाले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनियाँ गान्धीसहित, विपक्षी भारतीय जनता पार्टीका नेता र उच्च नेताहरूसँग भेट गर्नेछन् । भेटघाटको समयतालिका भने आज शनिबार मात्रै तय हुने जानकारी ढकालले दिए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.