पछिल्ला सामग्री :
अब एमालेको बहुमत : केपी ओली

काठमाडौं/ नेकपा एमालेका नेता केपी ओलीले आगामी संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

युवा संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले मुलुकलाई निकास दिन सक्ने पार्टी एमाले मात्र भएको जनताले बुझेको बताए । एकीकृत माओवादीको आन्तरिक विवादका कारण यसअघिको संविधानसभाले संविधान बनाउन नसकेको उनले बताए । ‘बाँदरलाई नरिबल दियो भने के हुन्छ ?’ ओलीले भने, ‘संविधानसभा चुनावमा माओवादी पहिलो दल हुनु नै अभिशाप भयो ।’

मलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएकोमा उनले जोड दिए । सबै दल मिलेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै ओलीले आन्दोलनरत दलहरूलाई पनि चुनावमा सहभागी हुन अनुरोध गरे ।

बाबुराम भट्टराईले व्यक्तिगत स्वार्थका लागि उपाध्यक्षबाट राजीनामा दिएको आरोप लगाउँदै ओलीले त्यसलाई त्याग भन्न नमिल्ने तर्क गरे ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.