सरकारको लक्ष्य निर्वाचन : रेग्मी
काठमाडौं/ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान
सरकारको एकमात्र लक्ष्य आगामी मङ्सिर ४ मा शान्तिपूर्ण, निष्पक्ष र भयरहित
वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
साँखुको बज्रयोगिनी मन्दिरपरिसरमा आयोजित कार्यक्रममा उहाँले संविधान निर्माणका लागि पनि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।
लामो समयसम्म जारी राजनीतिक सङ्क्रमणले अन्य क्षेत्रमा जस्तै धार्मिक पर्यटनको क्षेत्रमा पनि सोचे अनुसारको सफलता पाउन नसकिएको भन्दै उहाँले वर्तमान सङ्क्रमणलाई पार लगाउन तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
उहाँले धार्मिक आस्था र साँस्कृतिक धरोहरको रुपमा रहेका मन्दिरहरूको समयानुकूल पुन:निर्माण र व्यवस्थापनले मौलिक सभ्यतालाई जीवन्त राख्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.