पछिल्ला सामग्री :
आफ्नै बाबुले बलात्कारको प्रयास गरेपछि...

दोलखा/ आफ्नै बाबुले बलात्कारको प्रयास गरेपछि दोलखा भीमेश्वर नगरपालिकाकी एक १४ वर्षीया किशोरी बेसहारा बनेकी छिन्। नाबालिका अवस्थादेखि नै आमाको साथ नपाएकी भीमेश्वर नगरपालिका–१३ की ती किशोरी बाबुले समेत बलात्कारको प्रयास गरेपछि आफन्तबिहीन बनेकी हुन् ।
स्थानीय एक उच्चमाविमा कक्षा ९ मा अध्ययनरत् उनीमाथि घरमै बसिरहेको अवस्थामा हिजो बिहान आफ्नै ३८ वर्षीय बाबु सिजन बस्नेतले बलात्कार प्रयास गरेका थिए। उनलाई अहिले महिला सञ्जालको जिम्मा लगाइएको छ । पेसाले गाडी चालक रहेका बाबु सिजन दुव्र्यसनीमा फसेपछि नाबालिका अवस्थामै छाडेर किशोरीकी आमाले अर्को विवाह गरेको स्थानीयवासीले बताएका छन् ।

बुधबार बिहान एक्कासी आफूमाथि बाबुले मुख थुनेर बलात्कार प्रयास गर्दा चिच्याएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । समाजले घटनालाई स्थानीयस्तरमै मिलाउन खोजेपनि बालिकाले आफूमाथि भएको अन्यायबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । छोरीमाथि बलात्कार प्रयास गर्ने सिजनलाई प्रहरीले आज  प्रक्राउ गरी मुद्दा चलाएको छ ।

पीडक बाबुबिरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश राईले जानकारी दिनुभयो। प्रहरीसँगको प्रारम्भिक बयानमा उनले श्रीमतीले छोडेर गएपछि  आफूले आवेगमा आएर छोरीमाथि अपराध गर्न पुगेको स्वीकार गरेका छन्।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.