पछिल्ला सामग्री :
‘एक बुथ दुई सय युथ’

काठमाडौं/ एकीकृत माओवादीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले ‘एक बुथ दुई सय युथ’ परिचालन गर्ने दाबी गरेको छ ।

संगठनको आगामी १५ देखि १८ भदौसम्म काठमाडौंमा हुने प्रथम राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा वाइसिएल संयोजक गणेशमान पुनले यस्तो टोलीले चुनाव प्रचार–प्रसारदेखि उत्पादन र स्वयंसेवकको काम गर्ने बताए ।

राष्ट्रिय सम्मेलनले वाइसिएललाई नयाँ बनाउने नेताहरूले दाबी गरे । वाइसिएलकै पहलमा राजधानीमा केही उत्पादनका काम सुरु भएको भन्दै संयोजक पुनले अब सम्मेलनपछि यसलाई ठूलो मात्रामा अगाडि बढाइने बताए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.