पछिल्ला सामग्री :
३३ दलबाट अलग्गिए मातृका

काठमाडौं/ मातृका यादव नेतृत्वको नेकपा (माओवादी) ३३दलीय मोर्चाबाट अलग भएको छ ।

संयुक्त मोर्चाको अवधारणा, नीति र कार्यक्रमभन्दा बाहिर गएर नेकपा–माओवादीले सरकार र चार दलसँग वार्तामा जाने निर्णय गरेको भन्दै यादव नेतृत्वको माओवादी ३३ दलबाट बाहिरिएको हो ।

पार्टीको केन्द्रीय समितिका बैठक सार्वजनिक गर्न भन्दै आइतबार सो पार्टीले बोलाएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ३३दलीय मोर्चाबाट अलग भएको जनाउ दिएका हुन् । उनले नेकपा–माओवादीसँग एकताको सम्भावना नरहेको बताए ।

वार्तामा पेस गरेका माग हेर्दा अहिले मुख्य मुद्दा पहिचानसहितको संघीयता नै छाडेको पाइएको यादवको आरोप छ । चार दलको सिन्डिकेटको विरोध गर्ने नेकपा–माओवादीले ३३दलीय मोर्चामा आफ्नो एकदलीय हैकम चलाएको आरोप पनि यादवले लगाए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.