पर्यटनको आकर्षण टौदह (तस्वीरसहित)
कीर्तिपुर/
कीर्तिपुर नगरपालिकाको वडा नं १५ मा पर्ने टौदह पर्यापर्यटनको लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
वातावरणका दृष्टिले अत्यन्त रमणीय टौदह प्राचीन धार्मिक एवम् ऐतिहासिक स्थल भएकोमा यहाँको वातावरणका कारण पर्यापर्यटनतर्फ पनि यो आकर्षक स्थलका रुपमा चिनिँदै गएको छ ।
प्राचीन किंवदन्तीअनुसार प्राचीन कालमा काठमाडौँ एक विशाल दहका रुपमा रहेको थियो । यहाँ मानव वस्ती बसाउन मञ्जुश्री आई दहमा कमलको फूल उत्पन्न गरी त्यही फूलमा बसी चोभार डाँडालाई खड्गले काटी पानी पठाउँदा दहमा राज गरेका कर्कोटक नागराजा नागरानी पनि बाहिर जान लागे । त्यसअवस्थामा यदि नेपालबाट बाहिर गएमा यहाँ अनावृष्टि एवम् सङ्कट आउनेदेखि मञ्जुश्रीले चोभारदेखि दक्षिणतर्फ टौदह पोखरी बनाइ नागराजलाई बासस्थान बनाएको उल्लेख छ ।
काठमाडौँ दक्षिणभेगको सर्वाधिक उचाइमा रहेको चन्द्रगिरि पर्वत (चम्पादेवी) को स्पष्ट छाँयासमेत देखिने टौदह ५०० मिटर लम्बाइ र ४०० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको छ । जसको बनावट काठमाडौँ उपत्यकाको आकारसँग मिल्ने स्थानीय सामाजसेवी एवम् ‘महान् टौदह’ नामक पुस्तककी लेखिका शान्ति चौधरी बताउनुहुन्छ । टौदह काठमाडौँबाट सात किमिको दूरीमा दक्षिणकाली जाने बाटोमा पर्दछ । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक तालका रुपमा रहेको टौदहमा सुख्खायाममा पनि छ मिटर गहिराइ पानी रहने स्थानीयवासी बताउँछन् ।
यो दहसँग रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको पनि प्रत्यक्ष सम्बन्ध रहेको छ । जात्रामा देखाइने बहुमूल्य भोटो टौदहका नागराजले स्थानीय किसानलाई दिएको उपहार हो भन्ने जनविश्वास छ । टौदहमा प्रत्येक वर्षको नागपञ्चमीमा विशेष मेला लाग्दछ । विभिन्न ३८ जातका बोटबिरुवा, ३६ जातका कीरा र ११६ प्रकारका पक्षी पाइने यो दह पछिल्लो समयमा वातावरणका दृष्टिले अध्ययन– अनुसन्धानको आकर्षक गन्तव्य बनेको छ । पर्यापर्यटनका रुपमा विकास हुँदै आएको टौदहमा पछिल्लो समयमा स्वदेश तथा विदेशबाट पनि यस क्षेत्रको अवलोकन गर्न पर्यटकहरु आउने गरेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो । टौदहको सुन्दरता र रमणीय वातावरणले जो कोहीलाई पनि आकर्षित गर्दछ । काठमाडौँबाट ३० मिनेटको बस यात्राबाट सहजै पुग्न सकिने टौदह एक धार्मिक पर्यटकीय स्थल हो भन्दा अत्युक्ति नहुने तामाङको भनाइ रहेको छ । यहाँ हरेक वर्ष हिउँदमा साइवेरियादेखि विभिन्न जातिका चराहरु आउने गरेका र चैतमा तापक्रम वृद्धि हँुदै जाँदा फेरि फर्केर जाने गर्नु पर्यापर्यटनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । टौदहमा विभिन्न जातका जलचर प्राणीहरु पनि एक साथ अवलोकन गर्न सकिन्छ ।
जम्मा ८२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस दहको संरक्षण टौदह संरक्षण समितिले गर्दै आएको छ । पोखरीको बनावट अष्टाकार एवम् काठमाडौँको नक्सासँग मिल्दोजुल्दो हुनु र पोखरीको जुनसुकै कुनाबाट हेर्दा पनि पोखरीको सम्पूर्ण भाग देख्न नसक्नु यस पोखरीको विशेषता हो । पोखरीको छेउछाउको माटो, ढुङ्गा र अन्य वस्तुहरु कोही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनको लागि लगेमा सो व्यक्तिको हानी नोक्सानी हुने र सर्पहरुले पनि दुःख दिने जनविश्वास छ । पोखरीमा बास गरेको नाग राजालाई पूजाआजा गरी खुसी पारेमा मनोकामना पूरा हुने, रोगव्याध नलाग्ने र मनोकामना पूरा हुने जनविश्वास पनि रहेको समाजसेवी चौधरी बताउनुहुन्छ । उहाँका अनुसार “टौदहमा रहेका कर्कोटक नागराजाको पनौतीका नागसँग पनि राम्रो सम्बन्ध छ । यी दुवै ठाउँको मेला पर्वमा जाने आउने प्रचलन हालसम्म पनि कायमै छ ।”

दहको पानीले नियमित स्नान गरेमा घाउ, खटिरा, आखाँ पाक्ने रोग, चर्मरोग एवम् कुष्ठरोग समेत निको हुने स्थानीयवासीको भनाइ रहेको छ ।
प्राचीनकालमा कुनै पनि घरमा शुभकार्य गर्नुपरेमा टौदहको नजिक गई प्रार्थना गरेमा चाँदीका भाँडाकुँडा प्राप्त हुने र कार्य सकिएपछि भाँडाकुँडा शुद्ध गरी दहको छेउमा राखे आफैँ बिलाउने गरेकोमा एकजनाले जुठा भाँडा नै राखिदिएकाले त्यहाँदेखि दहबाट भाँडाकुँडा प्राप्त हुन छोडेको किंवदन्ती जनजीब्रोमा अझै प्रचलित छ । टौदहका रोचक विषवस्तुहरु विभिन्न पौराणिक ग्रन्थमा पनि उल्लेख गरिएको छ । नागपञ्चमीका अतिरिक्त शनिबार र अन्य बिदाका दिनमा टौहदमा घुम्न आउनेको बढी चहलपहल हुने गरेको कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो । हप्ताको सातै दिन खुल्ला रहने पोखरी परिसरमा प्रवेश गर्न न्यूनतम शुल्क तोकिएको छ ।
अन्य महिनामा भन्दा माघ र फागुनमा विभिन्न स्कूल कलेजका भ्रमण टोली, परिवार, साथीभाइ लगायत प्रेमीप्रेमिका पनि रमणीय वातावरणमा रमाउन यहाँ आउने गरेका छन् । त्यसैगरी वातावरणका अध्येताहरु दह वरपरको विविधतायुक्त वातावरणीय अवस्थाको अध्ययन तथा अनुसन्धान गर्न आउने गरेको पनि शाक्य बताउनुहुन्छ । पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी पछिल्लो समयमा टौदह आसपासमा रिर्सोटहरु पनि सञ्चालन गरिएको छ ।
टौदह पोखरी प्रकृतिले दिएको सुन्दर उपहार भएता पनि पछिल्लो समयमा दहमा गएर नुहाउने, लुगा धुने, चाउचाउ, बिस्कुटलगायतका वस्तुका खोलहरु फाल्ने क्रम बढ्दा दह दिन प्रतिदिन प्रदूषित बन्नुका साथै यहाँ पालिएका माछालाई समेत नकारात्मक असर पर्ने गरेको देखिन्छ । त्यस्तै विस्तारै बढ्दै गएको जलकुम्भी झार, पानी फल, सिगडालगायतका प्रकोप पनि गम्भीर समस्याको रुपमा देखा परेको छ । यो दह भावी पुस्ताको लागि पनि एउटा सुन्दर उपहार हुन सक्ने हुँदा विशेषत स्थानीयवासी तथा टौदहको संरक्षणमा लागेका प्रत्येक संस्थाले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
(वासुदेव पौडेल) रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.