पछिल्ला सामग्री :
जगदम्बाले देशलाई २५ करोड ठग्यो

काठमाडौं/ जगदम्बा स्टिल्सले देशलाई २५ करोड रुपैयाँ ठगेको पुष्टि भएको छ । नक्कली बिल बनाएर भ्याट र आयकर ठगेको जगदम्बाबाट बिगो र जरिवाना गरी ३७ करोड असुल गर्न राजस्व न्यायाधिकरणले आदेश दिएको छ ।

जगदम्बा स्टिल्सले नक्कली कम्पनीका नामवाट सामान किनेको बिल बनाएर देशलाई भ्याट छलेको थियो । नक्कली भ्याट बिल बनाएर ११ करोड ४७ लाख ३१ हजार ठगेको सो उद्योगले आयकरतर्फ १३ करोड ७० लाख ५६ हजार रुपैयाँ छलेको थियो ।

आन्तरिक राजस्व विभागले जगदम्बाले भ्याट छलेको ठहर गर्दै बिगोको शतप्रतिशत जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैयाँ कर निर्धारण गरेको थियो । विभागले भ्याटको बिगो ११ करोड, त्यति नै जरिवाना थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजारसहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो ।

विभागले २०६७ को चैतमा गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जगदम्बा स्टिल्स राजस्व न्यायाधिकरण गएको थियो । तर न्यायाधिकरणले पनि विभागको अनुसन्धानलाई सही ठहर्‍याउँदै जगदम्बावाट ब्याजसहित बिगो र जरिवाना उठाउन आदेश दिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यसरी छलियो कर

जगदम्बा स्टिल्समा शंकर ग्रुपका शंकर अग्रवाल, छोरा साहिल र सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपानेको लगानी छ । उद्योगले उत्पादन गर्ने स्टिल रडको मूल्यमा थप १३ प्रतिशत भ्याट हरेक उपभोक्ताले तिर्छन । भ्याटबापत जनतावाट उठाएको रकम उद्योगले सरकारलाई बुझाउनु पर्ने हो । तर देशको ढुकुटीमा जाने पैसा आफ्नो खातामा हाल्न उदोगले नक्कली बिल बनाएको थियो । जगदम्बा स्टिल्सले २०६४ साउनदेखि ०६८ मंसिरसम्म उद्योगका लागि आवश्यक अर्बौँ का सामान किनेको थियो ।

तर यसवीचमा उसले सामान किनेको भनेर पेश गरेकामध्ये ८८ करोड २५ लाख ४८ हजार रुपैयाँका बिल नक्कली भेटिएका हुन् । हुँदै नभएका कम्पनीवाट ८८ करोडको सामान किन्दा ११ करोड भ्याट तिरेको भन्दै जगदम्बाले भ्याटबापतको रकम दावी गरेको थियो । तर आन्तरिक राजस्व विभागले छानविन गर्दा जगदम्बाले सामान किनेका भनिएका ३५ वटा र्फम हुँदै नभएको पुष्टि भएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.