ओढारमा बस्दै आएका चेपाङलाई घर (तस्वीरसहित)
चितवन/ चितवनको विकट पहाडी गाविस सिद्धिको ओढारमा १५ वर्षदेखि बस्दै आएका ७८ वर्षीय हस्तबहादुर चेपाङले नयाँ घर पाएका छन् ।
आफन्त नभएका एकल हस्तबहादुरका लागि होटल मोनालिसा सौराहाका सञ्चालक केशव खनालले बस्ने घर बनाइदिएका हुन् । सिद्धि–८ पाइमाराङमा खनालले १ लाख रुपैयाको लागतमा सो घर बनाइदिएर हस्तबहादुरलाई हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण कार्यक्रमको चेपाङ अभियान्ता गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य होमनाथ सापकोटा, प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा, पत्रकार दीपेन्द्र बडुवाललगायतले विपन्न चेपाङलाई घर बनाईदिएकोमा पर्यटन व्यवसायी केशव खनाललाई धन्यवाद व्यक्त गरेका थिए ।
होटल व्यवसायी खनालले हस्तबहादुरलाई आवश्यक पर्ने कपडा, भाडासहित उनलाई बाचुञ्जेल चाहिने खाद्यन्न उपलब्ध गराउँदै आएका छन् भने हस्त बहादुरलाई हेरचाह गर्ने शेर बहादुर चेपाङको परिवारलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ दिनेसमेत खनालले बताएका छन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.