कोइराला र भारतीय विदेशसचिवबीच भेटवार्ता
नयाँदिल्ली/ भारत भ्रमणमा रहनुभएका नेपाली काग्रेसका सभापति
सुशील कोइरालाले नयाँ दिल्लीमा आजबाट भेटवार्ता सुरु गर्नुभएको छ ।
यसक्रममा आज उहाँलाई भारतीय विदेश सचिव सुजाता सिंहले भेटवार्ता गर्नुभएको छ
।
उहाँहरूबीच नयाँ दिल्लीका कनट प्यालेसस्थित होटल ललिलतमा झण्डै ४५ मिनेट भेटवार्ता भएको थियो । भेटको क्रममा कोइरालाले नेपालको हरेक जस्तो परिवर्तनमा सहयोग रहँदै आएको भारतले आगामि संविधानसभाको निर्वाचनलाई सफल बनाई नेपालको समृद्धि र स्थायीत्वतर्फको यात्रालाई सुनिश्चि गराउन सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
विदेश सचिव सिंहले नेपालको स्थायीत्व, शान्ति, समृद्धि र निर्वाचनको लागि भारत जस्तो सुकै सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै त्यसकोलागि मंसिरमा कुनै पनि हालतमा निर्वाचन हुनु पर्नेमा जोड दिनुभएको थियो ।
हिजो अपरान्ह नयाँ दिल्ली पुग्नुभएका कोइरालाले आजै अपरान्ह भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
कोईरालाका सहयोगी लक्ष्मण ढकालले दिएको जानकारी अनुसार कोइरालाले प्रधानमन्त्री सिंहभन्दा अगाडी प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेट गर्नु हुने छ ।
महामन्त्री द्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासंग भारत जानु भएका कोइरालाले त्यहाँ रहँदा काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेश मन्त्री सलमान खुर्सिद, विदेश सचिव रञ्जन मथाई लगायतसंग भेटगर्ने कार्यक्रम रहेको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.