पछिल्ला सामग्री :
सरकारविरुद्ध लाग्ने २७० लाई जेल सजाय

एजेन्सी/ टर्कीको एक अदालतले सरकारविरुद्ध लाग्ने दुई सय ७० जनाविरुद्ध ४७ वर्षसम्मको कैद सजाय सुनाएको छ ।

त्यस्तै, आरोपी मध्मे २१ जनालाई भने सफाइ दिइएको छ । सजाय पाउनेहरूमा पूर्व प्रधान सेनापति, उच्च सरकारी अधिकारी, वकिल, प्राध्यापक तथा पत्रकारसमेत रहेका छन् ।

सन् २००८ देखि २०१० सम्म सैन्य विद्रोहको नेतृत्व गर्ने जिनइक्लर बस्गुनमाथि लगाइएको सबै अभियोग फिर्ता लिइएको बिबिसीले जनाएको छ । तर, अभियोग फिर्ता लिनुको कारण भने अदालतले प्रस्ट्याएको छैन ।

विद्रोहीले न्याय तथा विकास पार्टी(एके)लाई सत्ता च्युत गर्ने प्रयास गरेका थिए । यो निर्णयलाई सरकारले गैर कानुनी र नागरिक अधिकारमाथिको हस्तक्षेपको रूपमा हेरिएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.