पछिल्ला सामग्री :
कमलाले बगाउँदा सातको मृत्यु

सिन्धुली/ सिन्धुलीको हत्पतेमा कमला नदीले बगाएर सातजनाको मृत्यु भएको छ । हत्पतेको लंगुरखोलास्थित मधुगंगा महादेव बाबाधाममा सोमबार दर्शन गर्न जान लागेका तीर्थालुको मृत्यु भएको हो ।

हत्पत्ते–१ गागन भन्ने ठाउँबाट नदी तर्न लाग्दा बगेका सातजनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकमध्ये ६ जनाको सनाखत भइसकेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

सनाखत हुनेमा महोत्तरी सुगा– ६ की गंगादेवी नुनिया (३८), सोही ठाउँकी कुमियादेवी नुनिया (४५), सर्लाही बलुलाकी रामपरिदेवी राम (४०), भारत सीतामाढी जिल्ला बराही बस्ने अजय राम चमार (१७), भारत बिहार राज्य मधुबनी गंगोर– ६ बस्ने रामवृक्ष ठाकुर (५०) र सर्लाही ईश्वरपुर–६ की देउरानी यादव छन् । मृतक एकजनाको सनाखत हुन बाँकी छ ।

सोमबार बिहानै हुलमा कमला नदी तर्न भेलमा पसेका तीर्थालुलाई नदीले बगाएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए । भेलले बगाएका १३ जनालाई तत्कालै उद्धार गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशव आचार्यले जानकारी दिए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.