छुवाछूतविरुद्धको १० वर्षे रणनीतिपत्र पारित
काठमाडौँ/ राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासङ्घ,
उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समिति र बादी विकास समितिले
संयुक्त रूपमा तयार पारिएको जातीय विभेद तथा छुवाछूतविरुद्ध दशवर्षे दलित आन्दोलनको रणनीति पारित गरेका छन् ।
दलित अधिकारका क्षेत्रमा क्रियाशील सरकारी निकाय र सङ्घसंस्थाको छुवाछूत अन्त्यका लागि सहकार्य बढाउने, कार्यक्रम लक्षित वर्गसम्म पु¥याउने र आफ्ना गतिविधि तथा कार्यक्रमबारे जानकारी गराउने विषयमा आज यहाँ भएको कार्यशालाले दश वर्षे रणनीतिपत्र पारित गरेको हो ।
गैसस महासङ्घका अध्यक्ष गजाधर सुनारले दलित आन्दोलनका विषयगत प्राथमिक सवाल, क्रियाकलाप, उपलब्धि र चुनौती विषयमा जानकारी गराउनुभएको थियो ।
विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्माले दलितलाई आफ्नै उत्पीडनबारे बोध हुन नसकेको र अगुवाबीच सहकार्यको अभावमा आन्दोलन प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.