पछिल्ला सामग्री :
पहिरोका कारण विद्यालय जान ठप्प

पर्वत / पहिरोका कारण बाटो अवरुद्ध हुँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । वहाकी गाविसका ४, ५ र ६ वडाका बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् ।

वहाकी गाविसको भुसालचौर–सगरमाथा सडकखण्डमा ठुलपँधेरा भन्ने स्थानबाट झण्डै डेढ किलोमिटिर लामो पहिरो खसेका कारण बालबालिका विद्यालय जानबाट वञ्चित भएको स्थानीय दीपक भुसालले जानकारी दिनुभयो ।

पहिरोले दुईवटा सिँचाइ पोखरीसमेत बगाएको छ भने बस्ती समेत जोखिममा परेको छ । पहिरोले वहाकी गाविस वडा नं ६ र ७ मा दुई सिँचाइ ट्यांकी बगाउनुकै साथै सयौँ मुरी धान उब्जनी हुने खेत पुरेको हो ।

पहिरोका कारण सिँचाइ ट्यांकी, कुलो, २० घरले उपभोग गर्दै आएको खानेपानीको पाइप बगाएको स्थानीय विष्णु भुसालले जानकारी दिनुभयो । २० घरले उपभोग गर्ने खानेपानीको पाइपसमेत बगाएपछि स्थानीयवासी पानी लिन खोला कुवा धाउन बाध्य छन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.