पछिल्ला सामग्री :
पाँच लाख राहत कार्ड वितरण

काठमाडौं / नेपाल आयल निगमले घरायसी प्रायोजनका लागि राहत स्वरूप प्राप्त हुने ग्यासको कार्ड करिब पाँच लाख वितरण गरेको छ ।

प्रतिपरिवारलाई प्रत्येक महिना एउटा सिलिन्डर अनुदानमा दिइने बताइएको छ । निगमले ग्यास व्यवसायी तथा उत्पादकलाई क्रमश: नीलो रङ र रातो रङमा सिलिन्डर उत्पादन गर्न निर्देशन दिएको छ ।

निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले उपभोक्ताले रातो सिलिन्डर प्रयोग गरेबापत के कति सहुलियत उपलब्ध गराउने भन्ने विषयमा सरकारले निर्णय गरेपछि निगमले सोहीबमोजिम सहुलियतको व्यवस्था मिलाउने बताउनुभयो ।

उहाँका अनुसार आगामी असोजसम्ममा करिब १० लाख कार्ड वितरण हुनेछ । दुवै रङका सिलिन्डरको मूल्य भने एउटै निर्धारण गरिने र उपभोक्तालाई विभिन्न बैंकमार्फत राहतसहितको सहुलियत रकम फिर्ता गराइने व्यवस्था मिलाइनेछ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.