पछिल्ला सामग्री :
गोर्खाल्यान्ड राज्यको माग गर्दै चर्कियो आन्दोलन


एजेन्सी/ दक्षिण भारतमा तेलंगाना राज्य गठनको प्रक्रियाअघि बढाएसँगै पूर्वोत्तर क्षेत्रमा छुट्टै गोर्खाल्यान्ड राज्यको मागलाई फेरि चर्काइएको छ ।

तेलंगाना राज्य घोषणाको सबैभन्दा बढी असर भारतको पूर्वी तथा पूर्वोत्तर क्षेत्रमा परेको छ । गोरखा जनमुक्ति मोर्चाले आजदेखि गोर्खाल्यान्ड राज्यको माग गर्दै दार्जिलिङको पर्वतीय क्षेत्रमा अनिश्चिकालीन बन्दको आह्वान गरेको छ ।

नेपाली भाषिहरूले दार्जिलिङमा छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलन गरिरहेका छन् । यसअघि साताको सुरुमा गत सोमबारदेखि ३ दिन बन्द आह्वान गरिएको थियो ।

मागप्रति केन्द्र सरकार गम्भीर नभएको भन्दै मोर्चाले हड्ताल लम्ब्याउने निर्णय गरेको बताइएको छ । हड्तालका कारण दार्जिलिङको जनजीवन अस्तव्यस्त बनेको छ ।

त्यहाँका सवै शिक्षणसंस्था एवं व्यवसाय ठप्प रहेका छन् । हड्तालको पूर्वसन्ध्यामा हिजो बन्दकर्ताहरूले दार्जिलिङका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका थिए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.